सिलगढीमा तृणमूलद्वारा बुथ स्तरीय कर्मी सम्मेलनको आयोजना

सिलगढी : सिलगढीको रामकृष्ण क्लबमा आज जिल्ला तृणमूलको तर्फबाट बुथ स्तरीय कर्मी सम्मेलनको आयोजना गरियो। उक्त सम्मेलनमा सिलगढी विधानसभा केन्द्रका तृणमूल प्रार्थी ओमप्रकाश मिश्रा, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभापति रञ्जन सरकार लगायत तृणमूलका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। उक्त सम्मेलनबीच तृणमूलको प्रचार किटको पनि उद्घाटन गरियो। उक्त सम्मेलनपछि पत्रकार सम्मेलनको माध्यमद्वारा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभापति रञ्जन सरकारले भोलि शुक्रबार दार्जिलिङ जिल्लाको तीनवटै विधानसभा आसनका तृणमूल प्रार्थीले नामाङ्कन पत्र बुझाउने बताए। उक्त नामाङ्कन पत्र बुझाउने समय अवधि साधारण मानिसहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर यसबारे पुलिसलाई समेत पार्टीको तर्फबाट लिखित जानकारी गराइएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *