सिलगढीमा तृणमूल कार्यकर्ता सम्मेलनको आयोजना 

सिलगढी : तृणमूल कांग्रेसको तर्फबाट सिलगढी नगरनिगमको वार्ड नम्बर 46 स्थित राजीव नगरमा एउटा कार्यकर्ता सम्मेलनको आयोजना गरियो। कार्यकर्ता सम्मेलनमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकार, युथ अध्यक्ष विकास रञ्जन सरकार, टाउन 1 का अध्यक्ष सञ्जय पाठक, सिलगढी विधानसभा कार्यकारी अध्यक्षा मल्लिका देवनाथ, 46 नम्बर वार्ड अध्यक्ष मोहम्मद जुहूर, समीर छेत्री उपस्थित थिए। कार्यकर्ता सम्मेलनको माध्यमद्वारा तृणमूल कांग्रेसका सबै वक्ताहरूले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको विकास कार्यहरूबारे सबैलाई अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *