सिलगढीमा तृणमूल महिला कांग्रेसको चुनाउ कर्मी सभा साथै चुनाउ प्रचार

सिलगढी (निसं): दार्जिलिङ लोकसभा क्षेत्रबाट तृणमूल उम्मेदवार गोपाल लामाको समर्थनमा तृणमूल महिला कांग्रेसले आज सिलगढीमा एउटा कर्मीसभाको आयोजना गऱ्यो। राज्यमा महिला मतदाताहरू लगभग 49 प्रतिशत छन्। महिला तृणमूल कांग्रेसले यसपल्ट लोकसभा चुनाउमा राज्यको चार करोड महिला मतदाताहरूलाई ध्यानमा राखेर चुनाउ प्रचार गरिरहेको छ। आज दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको चुनाउ कार्यालयमा महिला तृणमूल कांग्रेसको राज्य अध्यक्ष चन्द्रिमा भट्टाचार्यले धेरैजना महिला कार्यकर्ता अनि बूथ सभानेत्री तथा जिल्ला स्तरीय नेताहरूसित एउटा बैठक गरे। यसको साथै चन्द्रिमा भट्टाचार्यले आमार बुथे आमी साथे नाराको साथमा घर-घरमा पुगेर चुनाउ प्रचार गरे। यसको साथै तिनले चुनाउ प्रचार रणनीति पनि तय गरे। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस सभानेत्री पापिया घोष, तृणमूल महिला कांग्रेस सभानेत्री  सुष्मिता बोस मित्र लगायत अन्य उपस्थित थिए।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *