सिलगढीमा तृणमूल प्रार्थी ओमप्रकाश, डाबग्राम-फुलबारीमा गौतम देव

सिलगढी :  तृणमूल कङ्ग्रेसले 2021-को विधानसभा चुनाउको प्रार्थीको सूची आज घोषणा गर्यो। सिलगढी विधानसभामा तृणमूल प्रार्थीको रूपमा ओमप्रकाश मिश्र, डाबग्राम-फुलबारी विधानसभा केन्द्रमा गौतम देव, मतिगढा-नक्सलबारीमा नलिनी रञ्जन रायको नाम घोषणा गरिएको छ। ओमप्रकाश मिश्रको नाम घोषणा गरेपछि जिल्ला तृणमूल कङ्ग्रेसमा असन्तुष्टि देखापर्यो। धेरैजनाले स्थानीय कुनै नेताले नै तृणमूल प्रार्थीको रूपमा चुनाउ लडोस् भन्ने चाहन्थे। तथापि, प्रार्थी जो भए तापनि विपुल मतले तिनलाई जिताउनु तृणमूल कङ्ग्रेसको लक्ष्य रहेको छ। तृणमूल दार्जिलिङ जिल्ला सभापति रञ्जन सरकार, युवा तृणमूल सभापति कुन्तल राय लगायत जिल्लाका अन्य नेतृत्वहरूले ओमप्रकाश मिश्रको समर्थनमा जोडतोडले चुनाउ प्रचार गर्ने बताइएको छ। यसको साथै अन्य विधानसभा केन्द्रहरूमा पनि व्यापक रूपमा चुनाउ प्रचार गरेर सबै प्रार्थीहरूलाई विजयी बनाउने तृणमूल नेतृत्वहरूले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *