सिलगढीमा ‘उत्तरबंग रत्न’ 2023-को आयोजना

सिलगढी : द बंगाल चेम्बर एजुकेशन कमिटीको तर्फबाट उत्तरबंग रत्न2023 कार्यक्रमको आयोजना गरियो। हिजो साँझ सालुगढास्थित एउटा होटलमा उक्त कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा द बंगाल चेम्बर एजुकेशन कमिटीले 6 भिन्नाभिन्नै क्षेत्रमा बहुमूल्य योगदान दिनेहरूलाई उत्तरबंग रत्न2023 -ले सम्मानित गर्यो। यस वर्ष बंगाल चेम्बर एजुकेशन कमिटीले स्पोर्ट्समा मन्तू घोष, बिजनेसमा रूद्र च्याटर्जी, शिक्षा व्यवस्थाको विकासमा सेन्ट पल स्कुल, समाजलाई नयाँ दिशा देखाउनको लागि रीता सेनगुप्ता अनि हेल्थको क्षेत्रमा उत्तरबंग मेडिकल कलेज एवम् अस्पताललाई सम्मानित गर्यो। यसको साथै यस वर्ष द बंगाल चेम्बर एजुकेशन कमिटीले उत्तरेर नक्षत्र सम्मानले दिवङ्गत समरेश मजुमदारलाई पनि सम्मानित गर्यो। यसबाहेक शिक्षा, समाज, स्वास्थ्यमाथि पनि चर्चा परिचर्चा गरियो। उक्त क्षेत्रहरूलाई अझ  कस्तो प्रकारले विकसित गर्न सकिन्छ भन्ने विषयमा विशेष चर्चा परिचर्चा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *