सिलगढीमा उत्तर बंगालको 8 वटा जिल्लाका अध्यक्षहरूसित बैठक सम्पन्न

सिलगढी : राज्य नेतृत्वको निर्देशअनुसार उत्तबंगको 8 वटा जिल्लाका अध्यक्षहरूलाई लिएर सिलगढीमा कङ्ग्रेसको आईएनटीयुसी कार्यालयमा आज एउटा बैठक गरियो। श्रमिक संगठनलाई अझ बलियो बनाउने उद्देश्य लिएर कङ्ग्रेसले उक्त बैठक गरेको बताइएको छ। यसको साथै तृणमूल कङ्ग्रेस सत्तामा आएपछि धेरैजना कङ्ग्रेस पार्टी त्यागेर सत्तारुढ पार्टी तृणमूल कङ्ग्रेसमा सामेल भएका थिए। हाल धेरैजना तृणमूल छोडेर कङ्ग्रेसमा सामेल हुन चाहेकोले तिनीहरूलाई ससम्मान दलमा स्वागत जनाइनेछ। यसैले गर्दा आज जिल्ला नेतृत्वहरूले एउटा बैठक गरेको हो। इन्टकका दार्जिलिङ जिल्ला सभापति दिलीप दासले बताएअनुसार राज्यका नेतृत्वहरूको निर्देशअनुसार सबै जिल्लाका प्रतिनिधिहरूसित आज एउटा बैठक गरिएको हो। विशेष गरेर श्रमिक संगठनलाई अझ बलियो बनाउने उद्देश्य लिएर उक्त पहल गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *