सिलगढीमा वाहन अनियन्त्रित भएर पस्यो दोकानभित्र

सिलगढी : सिलगढीको नतुनपाड़ामा वाहन अनियन्त्रित भएर एउटा दोकानभित्र पस्दा दोकान पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। तथापि, कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। प्राप्त जानकारीअनुसार आज 5 नम्बर वार्डस्थित उक्त दोकानभित्र अचानक एउटा वाहन अनियन्त्रित भएर पस्दा दोकान पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ। घटनाको खबर पाएर खालपाड़ा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर उक्त वाहनलाई आफ्नो नियन्त्रणमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *