सिलगढीमा वाहनबाट सिलेन्डर चोरी गर्न जाँदा पक्रा परे 2 जना चोर

सिलगढी : सिलगढी संलग्न डाबग्राम 2 नम्बर अञ्चलको शान्तिनगर इलाकामा ग्यास सिलेन्डर चोरी गर्न जाँदा 2 जना युवकलाई पक्राउ गरेपछि पुलिसलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार शान्तिनगर इलाकामा आज सिलेन्डरको वाहन राखेर एउटा बहुतले भवनमा ग्यास सिलेन्डर डेलिभरी गर्न जाँदा दुईजना युवकले मौकाको फाइदा उठाएर वाहनबाट एउटा सिलेन्डर झिकेर टोटोमा लादेर त्यहाँबाट चम्पट कसे। वाहन चालकले देखेपछि तत्कालै टोटोको पछि गरेपछि अन्तमा चालक तथा स्थानीय मानिसहरूको सहयोगमा आमतला मोड नजिक ती दुईजना युवकलाई पक्रेर गणधुलाई गरियो। यसपछि आसिघर आउटपोस्ट पुलिसलाई घटनाबारे खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर 2 जना युवकलाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार इलाकामा यस प्रकार घटना पहिला पनि भएको थियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *