सिलगढीमा वाहन चालकहरूको लागि प्रशिक्षण शिविरको आयोजना

सिलगढी : सिलगढीमा वाहन चालकहरूको लागि हिलकार्ट रोडस्थित एउटा होटलमा आज प्रशिक्षण शिविरको आयोजना गरियो। पर्यटन मन्त्रालय तथा हिमालयन हस्पिट्यालिटी एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कको सहयोगमा उक्त शिविरको आयोजना गरिएको हो। सिलगढी लगायत दार्जिलिङ र कालेबुङका वाहन चालकहरूलाई उक्त शिविरमा प्रशिक्षण दिइनेछ। विशेष गरेर पर्यटकहरूलाई घुमाउन लगिरहेको समय के-कस्ता कुराहरूमा ध्यान दिइनुपर्ने साथै पर्यटकहरूलाई कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिने उद्देश्य लिएर उक्त प्रशिक्षण शिविरको आयोजना गरिएको हो। यसबाहेक डुवर्सका 30 जना गाइडहरूलाई उक्त शिविरमा प्रशिक्षित गरिने बताइएको छ। उक्त शिविरमा वाहन चालकहरूलाई टुरिस्ट गाइडको रूपमा काम गर्ने बारे पनि प्रशिक्षण दिइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *