सिलगढीमा युवतीलाई 3 जना युवकद्वारा सामूहिक दुष्कर्म, एकजना पक्राउ

सिलगढी: सिलगढीको एउटा लजमा गत राति एकजना युवतीलाई नशालु मादक पदार्थ पिलाएर तीनजना युवकले सामूहिक दुष्कर्म गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार सिलगढी मेट्रोपोलिटन पुलिसको भक्ति नगर थाना अन्तर्गत इष्टर्न वाइपास इलाकास्थित एउटा लजमा गत राति लगेर नशालु पदार्थ पिलाए पछि एकजना 26 वर्षीय युवतीलाई तीनजना युवकले सामुहिक दुष्कर्म गरेको आरोप रहेको छ। घटनाबारे पीडित युवतीले आशिघर आउटपोस्ट पुलिस थानामा अभियोग दर्ता गरेपछि उक्त घटनामा संलग्न रहेको आरोपमा एकजना युवकलाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने व्याक्ति एमडी बब्लूको रूपमा चिन्हित गरिएको छ। उक्त घटनामा सामेल रहेका अन्य दुईजना आरोपीलाई पुलिसले खोजी गरिरहेको छ। अर्कोतिर, पुलिसले घटनाको जाँच गहन रूपमा शुरू गर्नको साथै पीडित युवतीलाई मेडिकल जाँचको लागि पठाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *