सिलगढीमा युवतीसित अश्लील व्यवहार गर्ने 55 वर्षीय व्यक्ति पक्राउ

सिलगढी : सिलगढीको महाबीरस्थानमा युवतीसित अश्लील कार्य गर्ने प्रयास गरेको आरोपमा 55 वर्षीय व्यक्तिलाई सिलगढी पुलिस कमिश्नरेटको महिला पुलिसको विनर्स वाहिनीले पक्राउ गरेको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत राति एउटी युवती कामबाट घर फर्किरहेको समय एकजना व्यक्तिले तिनको पछि गरेर तिनीसित अश्लील व्यवहार गर्दै बाबुपाडा मोडसम्म आइपुगे। यसपछि युवतीले उक्त व्यक्तिलाई थप्पड हिर्काए। उक्त दृश्य देखेपछि स्थानीय मानिसहरू त्यहाँ गएर घटनाबारे सोधखोज गरेपछि यसलाई लिएर पुलिसको महिला टोली विनर्स वाहिनीलाई खबर दिए। खबर पाएर विनर्स वाहिनी घटनास्थलमा पुगेर युवतीलाई उद्धार गरेर घरसम्म पुर्‍याइदियो भने आरोपी व्यक्तिलाई पक्रेर थाना लगेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *