सिलगढीमा युवतीसित सामूहिक दुष्कर्म गर्ने चौथो आरोपी पक्राउ

सिलगढी (निसं): सिलगढीमा युवतीसित लगातार दुई दिनसम्म सामूहिक दुष्कर्म गर्ने घटनाको चौथो आरोपीलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपीको नाम अभिजीत राय बताइएको छ। उल्लेखनीय छ, गत 20 जनवरी राति उक्त युवती घरमा एक्लै रहेको फाइदा उठाएर पाँचजना युवकले सामूहिक दुष्कर्म गरेको थियो। घटनाको दोस्रो दिन 21 जनवरीमा फेरि 3 जना युवकले युवतीसित सामूहिक दुष्कर्म गरेको बताइएको छ। तथापि, घटनाबारे इलाकाका मानिसहरू थाहा पाएपछि ती 3 जना युवकलाई पक्रेर आशीघर आउटपोस्ट पुलिसलाई सुम्पिदिएको छ। पुलिसले पक्रा परेका 3 जना युवकलाई अदालतमा पेश गरेपछि पुलिस रिमान्डमा लिएर दुष्कर्ममा सामेल 2 जनाको खोजी शुरू गर्यो। घटनाको 6 दिनपछि गत राति पुलिसले चौथो आरोपी अभिजीत रायलाई पक्राउ गरेको छ। अब पुलिसले पाँचौँ आरोपीको खोजी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *