सिलगढी मर्चेन्ट एसोसिएशनद्वारा युवाहरूको लागि निःशुल्क टी म्यानेजमेन्ट कोर्स शुरू गर्ने

सिलगढी : उत्तर बंगालका युवाहरूको लागि रोजगारको अवसर बढ़ाउने उद्देश्य लिएर सिलगढी मर्चेन्ट एसोसिएशनले एउटा नयाँ पहल शुरू गरेको छ। सिलगढी मर्चेन्ट एसोसिएशनले उत्तर बंगालका युवाहरूलाई चियाकमानको काममा पारदर्शी बनाउने उद्देश्य लिएर उत्तर बंगालभरि टी म्यानेजमेन्ट कोर्स शुरू गर्ने भएको छ। मर्चेन्ट एसोसिएशनले आज सिलगढीको जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराए। पत्रकारहरूसित कुराकानी गर्दै चेयरम्यान हरेन्द्र लोहियाले बताएअनुसार यस महीनाको 15 फरवरीदेखि टी म्यानेजमेन्ट कोर्स शुरू गरिने भएको छ। तीन महिनाको उक्त कोर्स पूर्ण रूपमा निःशुल्क साथै विशेषज्ञहरूले युवाहरूलाई प्रशिक्षण दिइने तिनले बताए। विशेष गरेर उत्तर बंगालको चियाकमान इलाकामा एवम् चियाकमान उद्योगलाई बचाउने तथा बेरोजगार युवाहरूको लागि रोजगारको नयाँ अवसर बढ़ाउने उद्देश्य लिएर उक्त पहल गरिएको एसोसिएसनका सदस्यले बताए। उक्त कोर्सको लागि मोठ 20 वटा सीट रहेको साथै उक्त कोर्समा भर्ना लिने सबै युवा-युवतीहरूले रोजगारको लागि सहयोग गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *