सिलगढी मेरिनर्स फ्यान्स क्लबद्वारा मोहन बगान दिवस पालन

सिलगढी : सिलगढी मेरिनर्स फ्यान्स क्लबको तर्फबाट सिलगढीको कञ्चनजङ्घा स्टेडियममा आज 12 वटा फुटबल क्लबहरूलाई केही जर्सी र फुटबल प्रदान गरेर मोहन बगान दिवस पालन गरियो। उत्तरबङ्ग मोहन बगानका प्रतिनिधि अरुप मजुमदारले बताएअनुसार खेलाड़ीहरू कहिले मैदानमा ओर्लिने अनि कहिलेदेखि फेरि फुटबल खेल शुरू हुनेछ भन्नेबारे हालसम्म पनि कुनै निश्चित छैन। यसको साथै तिनले फुटबल खेलाड़ीहरूलाई घरमै फुटबलको अभ्यास गरेर फिटनेस जारी राख्ने सल्लाह पनि दिए। बंगालमा पहिलोपल्ट आईएसएल-मा एटीकेएससँग मोहन बगान क्लब आबद्ध भएको छ। यसैले बंगालमा अब यो टोली च्याम्पियन बन्नसक्ने सम्भावना अधिक बढेर गएको देखिन्छ। स्मरण रहोस्, मोहन बगानको स्थापना दिवस गत 29 जुलाईको दिन रहे तापनि कोरोन संक्रमणलाई रोक्न लकडाउन रहेकोले गर्दा उक्त दिन कुनै प्रकारको कार्यक्रम गर्न नसकिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *