सिलगढी मेथीबारीको आवासीय इलाकामा देखापर्यो हात्ती

सिलगढी : सिलगढीको सालबारी इलाकामा आज बिहान लगभग पाँच बजी एउटा जङ्गली हात्ती पसेर केही घरहरूलाई सामान्य क्षति पुर्‍याएको छ। आज बिहान सालबारीको मेथीबारी इलाकाको मुख्य बजारमा हात्ती पस्दा स्थानीय मानिसहरू आतङ्कित बन्न पुगे।


वन विभाग सूत्रले दिएको जानकारी अनुसार मोहरगाउँ इलाकाको जङ्गलबाट एउटा जङ्गली हात्ती निस्केर सालबारी क्षेत्रको आवासीय इलाकामा पसेर केही घरहरूको बाउन्ड्री वालहरू भत्काइदिएको छ। घटनाको खबर पाएर सुकुना एलिफेन्ट स्क्वार्डको वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त हात्तीलाई मोहरगाउँबाट खैरेनी हुँदै जङ्गलतिर लखेटिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *