सिलगढी मेट्रोपलिटन पुलिसको तर्फबाट स्वतन्त्रता दिवस पालन

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको तर्फबाट आज 74औँ स्वतन्त्रता दिवस पालन गरियो। कोरोना महामारीको बढ्दो संक्रमणलाई ध्यानमा राखेर यस वर्ष परेडको आयोजना गरेन भने केही पनि कार्यक्रमहरू रद्द गरियो। सिलगढी मेट्रोपलिटन पुलिसका अधिकारी तथा कर्मीहरूले राष्ट्रिय झण्डा उत्तोलन गरेर स्वतन्त्रता दिवस पालन गरे। यस अवसरमा आईपीएस पुलिस इन्स्पेक्टर अफ् पुलिस एडिशनल इन्चार्ज विशाल गर्ग लगायत पुलिसका उच्च अधिकारीहरू उपस्थित थिए। यसको साथै आज कार्यक्रमबीच सिलगढी मेट्रोपलिटन पुलिसको तर्फबाट 8 जना कोरोना योद्धाहरूलाई सम्मान पनि जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *