सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसले रगतको संकट दूर गर्ने उद्देश्य लिएर प्रत्येक सप्ताह शनिवार रक्तदान शिविरको आयोजना गर्दै आइरहेको छ। यसै क्रममा आज सिलगढी मेट्रोपोलिटनको भक्ति नगर थाना अन्तर्गत आशिघर आउटपोस्टको पहलमा सिलगढी तराई लायन्स क्लबको सहयोगमा रक्तदान शिविरको आयोजना गरियो।

उक्त शिविरमा 100 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। उक्त शिविरमा सिलगढी पुलिस कमिश्नर गौरव शर्मा मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस अवसरमा गौरव शर्माले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा मानिसहरूको जीवन बचाउने उद्देश्य लिएर उत्सर्ग परियोजना शुरू गरिएको हो। गरमको मौसममा रगतको माग अझ धेर बढेकोले यस अभियानको माध्यमद्वारा रगतको संकट दूर गर्ने प्रयास गरिरहेको तिनले बताए।
