सिलगढी मेट्रोपोलिटन पुलिस कार्यालयमा 75औँ स्वतन्त्रता दिवस पालन

सिलगढी : देशभरि झैँ यता सिलगढी सहरमा पनि 75औँ स्वतन्त्रता दिवस पालन गरियो। सिलगढी मेट्रोपोलिटन  पुलिस कमिश्नर कार्यालयमा पनि आज  स्वतन्त्रता दिवस पालन गरियो। पुलिस कमिश्नर गौरव शर्माले राष्ट्रिय ध्वज फहराएपछि पुलिस कर्मीहरूले तिनलाई गार्ड अफ अनर दिए।


यसपछि पुलिस कमिश्नरले परेड ग्राउण्डको परिक्रमा गरे। पुलिस कमिश्नरले आईटीबीपीका धेरैजना जवानहरूलाई सम्मान जनाए। यस अवसरमा सिलगढी मेट्रोपोलिटन पुलिसका डीसीपी, एसीपी लगायत पुलिसका उच्च अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *