सिलगढी मेट्रोपोलिटन पुलिसको तत्परताले होली अवधि कुनै सड़क दुर्घटना भएन:  ट्राफिक डीसीपी अभिषेक गुप्ता

सिलगढी : सड़क दुर्घटना रोक्ने उद्देश्य लिएर मेट्रोपोलिटन पुलिसको तर्फबाट लगातार सेफ ड्राइभ सेभ लाइफ अभियान अन्तर्गत नयाँ-नयाँ उपायले मानिसहरूलाई जागरूक गराइरहेको छ। यसैले गर्दा होली पर्व अवधि तीन दिनसम्म सिलगढीमा कुनै पनि सड़क दुर्घटनाको मामिला दर्ता नगरिएको सिलगढी मेट्रोपोलिटन पुलिसले दावी गरेको छ। आज ट्राफिक डीसीपी अभिषेक गुप्ताले यस वर्ष होलीको समयमा सिलगढी सहरमा कुनै पनि सड़क दुर्घटना नभएको बताए।


यसको मुख्य कारण सडक दुर्घटनामा रोक लगाउनको लागि बिहानदेखि रातिसम्म मुख्य सड़कहरूमा पुलिसको गश्ती, बाइक-स्कुटी चालकहरूलाई अनिवार्य रूपमा हेलमेट लगाएर वाहन चलाउने आह्वान गरिएको थियो। यसको साथै ब्यारिकेडको माध्यमद्वारा पनि वाहनहरूको गतिलाई कन्ट्रोल गरिएको थियो। ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कसैलाई पनि चलान नकाटिएको तिनले जानकारी गराए। होली पर्वलाई ध्यानमा राखेर पुलिसको तर्फबाट गरिएको मेहनतले गर्दा नै गत तीन दिनमा कुनै सडक दुर्घटनाको मामिला दर्ता नगरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *