सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट ‘उत्सर्ग’ रक्तदान शिविरको आयोजना

सिलगढी : रगतको संकट दूर गर्ने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट आज उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। सिलगढीका पुलिस कमिश्नर गौरव शर्माको पहलमा आजदेखि शुरू गरिएको उक्त शिविर एक सप्ताहसम्म चल्नेछ। एनजेपी थाना, मेडिकल आउटपोस्ट तथा पानीट्याङ्की ट्राफिक गार्डमा रक्तदान शिविरको आयोजना गरिएको छ।


सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा धेरैजना पुलिस कर्मी लगायत साधारण मानिसहरूले स्वेच्छाले रक्तदान गरे। एनजेपी थानामा रक्तदाताहरूलाई उत्साह प्रदान गर्न डीसीपी (पूर्व) जय टुडू, एसीपी (पूर्व) शुभेन्द्र कुमार, एसीपी (डीडी) राजेन छेत्री उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *