सिलगढी मेट्रोपलिटन पुलिसद्वारा सहरमा सुरक्षा व्यवस्था अझ बलियो बनाउने पहल

सिलगढी : सिलगढी सहरको सुरक्षा व्यवस्था अझ बलियो बनाउने उद्देश्य लिएर सिलगढी मेट्रोपलिटन पुलिसले सहरभरि तीन चरणमा लगभग 4 सयवटा सीसीटीभी क्यामारा जडान गर्ने पहल गरेको छ। सिलगढी पुलिस कमिश्नर गौरव शर्माले आज पुलिस कमिश्नरेटमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी सहरको विभिन्न थाना इलाका विशेष गरेर सहरको मुख्य सडक लगायत गल्लीहरूतिर लगभग 4 सयवटा सीटीटीभी क्यामारा जडान गरिने बताए। उक्त सीसीटीभी क्यामाराहरू थानाबाट मनिटरिङ गरिनेछ भने पछि यसको लागि कन्ट्रोल रूमबाट मनिटरिङ गरिने तिनले बताए। प्रथम चरणमा लगभग 100 वटा क्यामारा जडान गरिनेछ भने पछि दुई चरणमा अन्य सीसीटीभी क्यामारा जडान गरिने तिनले बताए। उक्त क्यामाराहरूमा नाइट भिजन क्यामारा रहनेछ जसको सहयोगमा सहरको विभिन्न इलाकामा पुलिसले नजरदारी राखेर चोरी, छिनताई जस्ता घटनाहरूमा रोक लगाउन सकिने तिनले बताए। यसको साथै उक्त क्यामाराहरूको माध्यमद्वारा पुलिस अधिकारीहरूले कानुन व्यवस्थाको परिस्थितिमाथि पनि नजर राख्न सक्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *