सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा पुजाको म्याप साथै पुजा एप-को लन्च

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसले दुर्गा पुजा घुम्न आउने दर्शनार्थीहरूको सहयोगको लागि म्यापसहित पुजा एप पनि लन्च गरेको छ। यस पुजा एपको माध्यमद्वारा दर्शनार्थीहरूले सिलगढीको सबै पुजा पण्डालहरूको जानकारी, पण्डालको नजिकैमा रहेको अस्पतालहरूको जानकारी एवम् मानिसहरूको प्रत्येक आवश्यकताहरूलाई यसमा सामेल गरिनेछ। आज सिलगढीको वर्द्धवान रोडस्थित एउटा भवनमा पुजा कमिटीहरूसितको बैठकपछि सिलगढी पुलिस कमिश्नर गौरव शर्माले यसबारे जानकारी दिएका छन्। पुजा कमिटीहरूलाई कुनै प्रकारको समस्या नहोस् भन्ने उद्देश्य लिएर प्रत्येक थानामा एकजना नोडल अफिसर तैनाथ गरिनेछ।  दर्शनार्थीहरूलाई सुविधाको निम्ति सिलगढीको सबै पुजा पण्डालहरूबारे म्यापको साथै यसपल्ट पुजा एप-मार्फत् जानकारी पाउनेछन्। उक्त एप पुजा अवधि लन्च गरिनेछ। पुजा अवधि रातको समयमा विशेष गरेर महिलाहरूलाई कुनै प्रकारको असुविधा नहोस् भनेर पुलिसको एउटा महिला टोली पुजा अवधि तैनाथ रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *