सिलगढी मेट्रोपोलिटन पुलिसको पहलमा फन रन म्याराथान दौडको आयोजना गरिने

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको पहलमा एवम् गैर सरकारी स्कुलको सहयोगितामा आउँदो आइतबार फन रन म्याराथान दौडको आयोजना गरिने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर पुलिस अधिकारीहरूले यसबारे जानकारी दिएका छन्। नानीहरूको शारीरिक स्वास्थ्यको निम्ति फन रनको आयोजना गरिएको हो। सिलगढीका विभिन्न स्कुलका विद्यार्थीहरूले उक्त म्याराथान दौडमा अंश ग्रहण गर्नेछन्। उक्त म्याराथान दौड 3 वटा चरणमा क्रमैले 1.5 किमी, 3 किमी र 5 किमीको हुनेछ। उक्त म्याराथान दौड उत्तरायनदेखि शुरू हुनेछ। फन रन म्याराथान दौडको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सिलगढीका पुलिस कमिश्नर अखिलेश चतुर्वेदी, अभिनेता दर्शिल सफारी लगायत पुलिसका अन्य अधिकारीहरू उपस्थित रहनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *