सिलगढी मेट्रोपलिटन पुलिसको तर्फबाट बेसहारा नानीहरूलाई लगियो घुमाउन

सिलगढी:  मेट्रोपलिटन पुलिस कमिश्नर गौरव शर्माले आफ्नो वचन पुरा गरेर होममा बस्ने दिव्याङ्ग तथा बेसहारा नानीहरूको मुहारमा खुसी ल्याउने प्रयास गर्दै आज एक दिवसीय भ्रमण कार्यक्रमको आयोजना गरे। आज मेट्रोपलिटन पुलिसको तर्फबाट सिलगढी शहरको मतिगढास्थित फ्लेम अफ होप-का बेसहारा नानीहरूलाई घुमाउन लगे।  सिलगढी पुलिस लाइनबाट आज पुलिस कमिश्नर गौरव शर्मा, डीसीपी जोय टुडू, लगायत अन्य पुलिस अधिकारीहरूले हरियो झन्डी हल्लाएर उक्त भ्रमणको शुरूवात गरे। पुलिस कमिश्नर गौरव शर्माले बताए अनुसार गत चिल्ड्रेन्स डे-को दिन तिनले मतिगढास्थित एउटा होममा गएर नानीहरूसितको भेटघाट अवधि तिनीहरूलाई घुमाउन लैजाने वाचा गरेका थिए अनि सो वाचा अनुसार आज तिनीहरू 28 जनालाई बंगाल सफारी हुँदै गाजोलडोबा घुमाउन लगियो। कमिश्नर गौरव शर्माले आज यस कार्यक्रम अवधि सिलगढी शहरवासीलाई गुरू पूर्णिमाको पनि शुभकामना दिए। स्मरण रहोस, यसभन्दा अघि वृद्ध-वृद्धाहरूलाई मेट्रोपलिटनको तर्फबाट घुमाउन लगिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *