सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा नानीहरूका लागि ई-शिक्षा परियोजना

सिलगढी: समाजमा अब कोही पनि अशिक्षित बन्न नपरोस् तथा सबैले समान रूपमा शिक्षा पाउनु पर्छ भन्ने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटन पुलिसले ई-शिक्षा परियोजनाको शुरूवात् गरिने पहल गरेको छ। सिलगढी पुलिस कमिश्नर गौरव शर्माले आज मतिगढा पुलिस थानामा ई-शिक्षा परियोजनाको शुभारम्भ गरे। प्राप्त जानकारी अनुसार उक्त ई-शिक्षा स्कुल पुलिसको पहलमा हेप्पी हार्टस् एकाडेमी, विष्णु एडुकेसन ट्रस्ट र लक्ष्मी टाउनशिपको सहयोगमा शुरू गरेको छ।  आगामी 2 डिसम्बरदेखि नानीहरूको लागि ई-शिक्षा क्लास शुरू गरिने भएको छ। ई-शिक्षा क्लासमा विशेष गरेर आवश्यकमन्द नानीहरूलाई कम्प्युटरबारे प्रशिक्षण दिइने छ। यसैगरी, श्रमिकका नानीहरूको लागि नवदिशा स्कुल शुरू गरिने भएको छ।


 

 


 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *