सिलगढी मेट्रोपोलिटन पुलिसको 9औ वार्षिक खेलकुद प्रतियोगिता शुरू

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको 9औ वार्षिक खेलकुद प्रतियोगिता आजदेखि दार्जिलिङ मोड नजिक कमिश्नरेट मैदानमा शुरू भयो। उक्त मेट्रोपोलिटन पुलिसको 9औ वार्षिक दुईदिने खेलकुद प्रतियोगिताको उद्घाटन आज सिलगढी मेट्रोपोलिटन पुलिसको कमिश्नर गौरव शर्माले गरे। उक्त प्रतियोगितामा ईस्ट, वेस्ट विनर्स, ट्राफिक, निशान टोली आदिले अंश ग्रहण गरेको छ। यस अवसरमा कमिश्नर गौरव शर्माले भने, आजको दिन खुबै महत्वपूर्ण दिन हो। आजभन्दा 9 वर्ष अघि मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नरेटको गठन गरेकी थिइन्। त्यसपछि प्रत्येक वर्ष नै मेट्रोपोलिटन पुलिसको वार्षिक खेलकुद प्रतियोगिताको आयोजना हुँदै आइरहेको छ भने आजदेखि 9 औ वार्षिक खेलकुद प्रतियोगिता शुरू गरिएको छ। प्रत्येक मानवको निम्ति खेलकुद अति नै आवश्यक कुरा हो। कुनै पनि मानिसले स्वस्थ जीवन जिउनको लागि एक घण्टा अथवा कम्तीमा पनि 45 मिनट खेलकुदको लागि समय दिनु आवश्यक रहेको कुरा तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *