सिलगढी मिलनमोडका 100 जना अन्य पार्टी त्यागेर तृणमूलमा सामेल

सिलगढी : सिलगढीको चम्पासरी ग्राम पञ्चायत अन्तर्गत पर्ने मिलनमोड़ क्षेत्रबाट माकपाका सक्रिय कार्यकर्ताहरू आफ्नो पार्टी त्यागेर आज तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। सिलगढीको तृणमूल पार्टी कार्यालयमा आज एउटा समर्थन कार्यक्रमबीच माकपाका सचिव गोपी छेत्री, भूतपूर्व पञ्चायत सदस्या शान्ति गुरुङ सुब्बा लगायत लगभग 100 जना सदस्यले पार्टी त्यागेर टीएमसी झण्डा ग्रहण गरे। तिनीहरूलाई तृणमूल काङ्ग्रेसका दार्जिलिङ जिल्ला अध्यक्ष रञ्जन सरकारले पार्टीमा स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *