सिलगढी मिलनमोड़का 6 जना महिला खेलाडीहरू कोलकत्ता महिला फुटबल लीग खेल्दै

सिलगढी: कलकत्तामा हाल सम्पन्न भइरहेको महिला फुटबल लीग कन्याश्री कप- 2021-22 मा सिलगढी मिलन मोडका 6 जना महिला खेलाडीहरूले अंश ग्रहण गरिरहेका छन्। मिलनमोड़ फुटबल एकाडेमीका विकास नेपालले दिएको जानकारी अनुसार यस लीगमा पुलिस एसी टीमबाट सिलगढ़ीको मिलनमोड़स्थित मिलनमोड़ फुटबल एकाडेमीका 6 जना महिला खेलाड़ीहरूले अंश ग्रहण गरिरहेकी छन्।


मिलनमोड़ एफए-मा अभिषेक विश्वकर्माको प्रशिक्षणमा अभ्यास गर्ने यी 6  जना महिला खेलाड़ीहरूमा बिनिता खाती, कुसुम छेत्री, सुष्मा गुड़िया, अपर्णा मुण्डा, दिपाशना थापा  र मेनुका उरावँ सामेल छन्। पुलिस एसी टीमले हिजो बुधवार मोइत्री संसदसँग खेलको म्याचमा यी सबै खेलाड़ीहरूले कोलकताको मैदानमा पनि असल प्रदर्शन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *