सिलगढी मेट्रोपोलिटन पुलिसले जारी गर्यो व्हाट्सएप नम्बर

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको ट्राफिक विभागसित साधारण मानिसहरूले आफ्नो समस्या तथा अभियोगहरू अब व्हाट्सएपको माध्यमद्वारा शेयर गर्न सक्नेछन्। यसको लागि ट्राफिक डीसीपी कार्यालयमा आज ट्राफिक डीसीपी अभिषेक गुप्ताले एउटा व्हाट्सएप नम्बर (9091929499) जारी गरेको छ। उक्त नम्बरमा व्हाट्सएपको माध्यमद्वारा साधारण मानिसहरूले आफ्नो समस्या तथा अभियोग गर्न सक्नेछन्। स्मरण रहोस्, गत केही दिनदेखि सिलगढी सहरको ट्राफिक विभागले सहरलाई जाम मुक्त बनाउनको साथै मोडिफाइड साइलेन्सरविरुद्ध पनि लगातार अभियान चलाइरहेको छ। ट्राफिक डीसीपी कार्यालयमा आज डीसीपी अभिषेक गुप्ताले पत्रकारहरूसित कुराकानी गर्दै भने, सिलगढीमा गत केही समयदेखि मोडिफाइड साइलेन्सर विरुद्ध अभियान चलाइरहेको छ। तर यो सुपर बाइकलाई पक्रिन निक्कै असुविधा भइरहेकोले गर्दा पुलिस कमिश्नरको निर्देशमा ट्राफिक विभागले एउटा व्हाट्सएप नम्बर 9091929499 जारी गरेको छ। उक्त नम्बरमा सहरवासीले कुनै पनि समय आफ्नो अभियोग दर्ता गर्न सक्नेछन् भने यस व्हाट्सएप नम्बर ट्राफिक हेडक्वार्टरको निगरानीमा रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *