सिलगढी नगर निगमको पहलमा भानुभक्त आचार्यको 209औंँ जन्म जयन्ती पालन

सिलगढी (निसं): आदि कवि भानुभक्त आचार्यको 209औँ जन्म जयन्ती आज सिलगढी नगर निगमको आयोजनामा पालन गरियो। सिलगढीको जंक्शनस्थित भानुभक्तको सालिगमा नगर निगमका मेयर मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगर निगमका चेयरम्यान प्रतुल चक्रवर्ती लगायत अन्य नगर पार्षहरूले फुल-माला चढाए।

यस अवसरमा मेयर गौतम देवले नेपाली भाषाका आदि कवि भानुभक्तको जीवनी तथा तिनले नेपाली भाषा-साहित्य तथा समाजलाई पुऱ्याएको महत्वपूर्व योगदान बारे प्रकाश पारे। आजको भानु जयन्ती कार्यक्रममा स्कुलका नानीहरूले भानुभक्तका रामायण पाठ लगायत अन्य सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes