सिलगढी नगर निगमको तर्फबाट भानुभक्त आचार्यको 208औं जयन्ती पालन

सिलगढी (निसं): सिलगढी नगर निगमको तर्फबाट नेपाली आदि कवि भानुभक्त आचार्यको 208 औं जयन्ती भव्य रूपमा पालन गरियो। यस अवसरमा आज बुधवार सिलगढी जंक्शनमा अवस्थित भानुभक्तको प्रतिमामा  माल्यार्पण गरेर  भानुभक्तलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। उक्त कार्यक्रममा सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकार, नगर निगमका अध्यक्ष प्रोतुल चक्रवर्ती, मेयर परिषद, बोरो चेयरम्यान लगायत पार्षदहरूको उपस्थिति रहेको थियो भने आदि कवि भानुभक्त आचार्याको जीवनी अनि तिनले नेपाली भाषा, साहित्यप्रति पुऱ्याएको अहम् योगदान बारे प्रकाश पारे। यसभन्दा अघि आज बिहान सिलगढीको बाघाजतिन पार्कबाट एउटा शोभायात्रा पनि निकालिइयो। उक्त शोभायात्राले सिलगढी सहरको विभिन्न मार्गको परिक्रमा गर्दै अन्तमा  यहाँको जंक्शनमा पुगेर समापण गरियो।  उक्त अवधि डिप्टी मेयर रञ्जन सरकारले भने, नेपाली आदि कवि भानुभक्त आचार्यको जन्मदिन यहाँ प्रत्येक वर्ष हर्षोल्लासको साथमा श्रद्धा सहित पालन गर्ने गरिन्छ। भानुभक्त आचार्य एकजना नेपाली लेखक, कवि साथै अनुवादक थिए। गत वर्षहरूमा झै यस वर्ष पनि भानुभक्तको 208 औं जयन्ती आज पालन गरियो। आज जक्शनस्थित भानु भक्तको सालिगमा माल्यार्पणको  अवधि सिलगढी देवकोटा संघका पदाधिकारीगण लगायत नेपाली साहित्यानुरागी तथा भानु प्रेमीहरूको पनि व्यापक संख्यामा उपस्थिति रहेको थियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *