सिलगढी नगर निगमसहित बंगालको चारवटा नगरपालिकाको चुनाउ अब 12 फरवरीमा हुने  

सिलगढी: राज्यमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर सिलगढी नगर निगम सहित बंगालको चारवटा नगरपालिका चुनाउको पूर्व निर्धारित मितिमा फेरबदल गरिएको छ। अहिले देश तथा राज्यभरिमैं कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ। यसैले गर्दा कोलकाताको उच्च न्यायालयले राज्यको चुनाउ आयोगसित परामर्श लिएर आगामी 22 जनवरीको बद्ली अब 12 फरवरीको दिनमा सिलगढी नगर निगम लगायत अन्य तीनवटा नगर निगमको चुनाउ सम्पन्न गर्ने निर्णय लिएको छ। स्मरण रहोस, बंगालको चन्दन नगर, विधान नगर, आसनसोल र सिलगढी  नगर निगमको 22 जनवरीमा चुनाउ हुने अनि 25 जनवरीको दिन मतगणना हुने राज्य चुनाउ आयुक्त सौरभ दासले अगावै घोषणा गरे तापनि हाल तीव्र गतिमा कोरोना संक्रमितहरूको संख्या बढिरहेकोले उक्त चुनाउ मितिमा केही फेरबदल गरिएको कुरा बताइएको छ।   


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *