सिलगढी नगरनिगममा माछा व्यवसायीहरूलाई साइकल अनि इन्सुलेटेड बक्स वितरण

सिलगढी (निसं): पश्चिमबंग मत्स्य विभागको तत्वावधानमा तथा सिलगढी नगर निगमको सञ्चालनमा आज नगर निगमको एउटा कार्यक्रममा 30 जना माछा व्यवसायीहरूलाई साइकल अनि इन्सुलेटेड बक्स वितरण गरियो। सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले माछा व्यवसायीहरूलाई साइकल अनि इन्सुलेटेड बक्स प्रदान गरे। यस अवधि नगर निगमका चेयरम्यान प्रतुल चक्रवर्ती लगायत अन्य मेयर पार्षद पनि उपस्थित थिए। डिप्टी मेयर रञ्जन सरकारले भने, माछा बिक्री गर्नेहरूको आर्थिक विकासको लागि बक्स साथै साइकलहरू उपलब्ध गराइएको छ। राज्य सरकारले विक्रेताहरूलाई मान्य गर्नको लागि पहल शुरू गरेको छ। माछा व्यवसायीहरूलाई वैधता प्रदान गर्नका लागि यी सामग्रीहरू प्रदान गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *