सिलगढी नगर निगमले डेङ्गूबारे जानकारी लुकाएको सीपीआईएम-को आरोप, सुम्पियो ज्ञापन

सिलगढी (निसं): सिलगढीमा डेङ्गूले एकजना 30 वर्षीय युवकको मृत्यु भएपछि सीपीआईएम-को तर्फबाट आज सिलगढी नगर निगमले डेङ्गूसित सम्बन्धित मामिलाको जानकारी लुकाएको आरोप लगाउँदै विरोध जनायो। आज सीपीआईएम 3 नम्बर एरिया कमिटीले डेङ्गूको वर्तमान परिस्थितिलाई लिएर सिलगढी नगर निगमको कमिश्नरलाई भेटेर एउटा ज्ञापन सुम्पिएको छ। सीपीआईएम 3 नम्बर एरिया कमिटीले ज्ञापनको माध्यम वार्डमा हाल कतिजना मानिसहरू डेङ्गूले प्रभावित छन् अनि नगर निगमको तर्फबाट डेङ्गूलाई नियन्त्रणमा ल्याउनका लागि के-कस्ता उपायहरू अप्नाइरहेको छ भन्ने बारे जानकारी दिनु पर्ने माग गरेको छ।
यस अवसरमा सीपीआईएम-का नेता मुन्शी नुरुल इस्लामले भने, सिलगढी नगर निगमले डेङ्गूलाई लिएर महत्व नदिनको साथै यसको नियन्त्रणको लागि कुनै पहल गरेको छैन। यसैले शहरमा डेङ्गू मामिलाको संख्या बढ्दै गइरहेको छ। तिनले डेङ्गू नियन्त्रण गर्नका लागि पहल गर्नुपर्ने माग गरेका छन्। यदि डेङ्गू नियन्त्रण गर्नको लागि नगर निगमले कुनै पहल नगरे सडकमा ओर्लिने तिनले चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *