सिलगढी नगरनिगम 3 दिन बन्द, सेनिटाइज गरिने

सिलगढी : सिलगढी नगरनिगम कार्यालय तीन दिनको निम्ति बन्द गरिने भएको छ। तथापि, अति आवश्यक परिसेवाहरूलाई बन्दबाट छुट दिएको छ। यसबारे नगरनिगमका कमिश्नर सोनाम वाङ्ग्दी भुटियाले जानकारी दिएका छन्। सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यको स्वाब टेस्ट रिपोर्ट कोरोना पोजेटिभ आएपछि नै नगरनिगम कार्यालय तीन दिनको निम्ति बन्द गर्ने निर्णय लिएको बताइएको छ। कमिश्नर भुटिया बताएअनुसार आउँदो तीन दिनसम्म सम्पूर्ण नगरनिगमको कार्यालयहरूलाई सेनिटाइज गरिने कार्य चल्नेछ। प्रशासक भट्टाचार्यसित हालैको समयमा सम्पर्कमा आउने मानिसहरूलाई चिन्हित गरिने साथै ती व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा बस्ने कमिश्नर भुटियाले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *