सिलगढी नगरनिगम अघि फोहोर मैला फ्याँकेर सफाई कर्मचारीहरूद्वारा विक्षोभ प्रदर्शन

सिलगढी : सफाई कर्मचारीहरूले विभिन्न मागलाई लिएर काम बन्द राख्नको साथै आज सिलगढी नगरनिगम अघि फोहोर-मैला फ्याँकेर विरोध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको 47 वटा वार्डका 2 हजार 7 सय 71 जना स्थायी र अस्थायी सफाई कर्मचारीहरूले आज नगरनिगम अघि विक्षोभ प्रदर्शन गरे। तिनीहरूले सर्वप्रथम सिलगढीको बाघाजतीन पार्कबाट एउटा धिक्कार र्‍याली निकालेर सिलगढी नगरनिगम अघि पुगेपछि त्यहाँ फोहोर-मैला फ्याँकेर विरोध प्रदर्शन गरे।


स्मरण रहोस्, उत्तरबंग सफाई कर्मचारी समितिले स्थायीकरण, वेतन वृद्धि लगायत अन्य विविध मागलाई लिएर केही दिनदेखि आन्दोलन गरिरहे तापनि सिलगढी नगरनिगमले यसबारे कुनै पहल नगरेपछि आज धिक्कार र्‍यालीको आयोजना गर्नको साथै नगरनिगम अघि फोहोर-मैला फ्याँकेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। समितिका सभापति किरण राउतले बताएअनुसार सफाई कर्मचारीहरूले विभिन्न मागलाई लिएर धिक्कार र्‍याली निकाल्नको साथै काम बन्द राखेका छन्। सिलगढी लगायत अन्य जिल्लाका सफाई कर्मचारीहरूले काम बन्द राख्ने तिनीहरूले अपील गरेका छन्। आफूहरूको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *