सिलगढी नगरनिगमविरुद्ध भ्रष्टाचारको आरोप, भाजपा-ले सेप्टेम्बरमा आन्दोलन गर्ने

सिलगढी : सिलगढी नगरनिगमविरुद्ध विभिन्न भ्रष्टाचारको आरोप लगाउँदै सिलगढी सांगठनिक जिल्ला भाजपाले आगामी सेप्टेम्बर महिनाभरि आन्दोलन गर्ने भएको छ। सिलगढीको भाजपा पार्टी कार्यालयमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढीका विधायक शङ्कर घोष, डाबग्राम-फुलबारी विधानसभाका विधायक शिखा च्याटर्जीले यसबारे जानकारी गराएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै शङ्कर घोषले भने, सिलगढी सहरको धेरैजसो ठाउँहरूमा वर्षाको समयमा पानी जम्ने गर्दछ। यहाँको जल निकासी व्यवस्था अति नै निम्न स्तरको रहेको साथै सिलगढी सहरको विकास कार्य ठप्प रहेको तिनले बताए। सिलगढी नगरनिगमको प्रशासक मण्डलीले सिलगढी सहरलाई अचल बनाउने प्रयास गरिरहेकोले गर्दा नै सेप्टेम्बर महिनामा भाजपाद्वारा आन्दोलन गरिने तिनले बताए। अर्कोतिर, शिखा च्याटर्जीले चाँडै नगरनिगम चुनाउ गरिनुपर्ने माग गरिन्। कोरोनाको सबै नियम पालन गर्दै जसरी विधानसभा चुनाउ सम्पन्न भएको थियो त्यसरी नै नगरनिगम चुनाउ पनि गरिनुपर्ने तिनले बताइन्। वर्षाले गर्दा सिलगढी नगरनिगमको 14 वटा वार्ड जलमग्न भएको साथै पिउने पानीको समेत उचित व्यवस्था नरहेको साथै सिलगढी नगरनिगममा व्यापक भ्रष्टाचार भइरहेको तिनले आरोप लगाइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *