सिलगढी नगरनिगम चुनाउ : एकै ठाउँमा भाजपा र तृणमूलको चुनाउ कार्यालय

सिलगढी : सिलगढी नगरनिगम चुनाउ मुखैमा रहेकोले सबै राजनैतिक दलहरू यसको तयारीमा जोड़तोड़ले लागिपरेको छ। एकातिर सबै राजनैतिक पार्टीका प्रार्थीहरू धेरैभन्दा धेरै भोट हत्याउने प्रयासमा लागिपरेका छन् भने अर्कोतिर सिलगढीको वार्ड नम्बर 12-को अनौठो दृश्य देखेर स्थानीय मानिसहरू अचम्भित बनेका छन्। किनभने सिलगढीको 12 नम्बर वार्डमा एउटै जमिनमा तृणमूल र भाजपाले आफ्नो चुनाउ कार्यालय बनाएको छ भने दुवै पार्टीका कार्यकर्ताहरू आ-आफ्नो पार्टी कार्यालयलाई सजाउने होडमा लागिपरेका छन्। यस सन्दर्भमा भाजपा प्रार्थी नान्टु पालले भने, उक्त जमिनको मालिकसित कुराकानी गरेपछि नै आफूले यहाँ चुनाउ कार्यालय बनाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *