सिलगढी नगरनिगम चुनाउ जितेर मुख्यमन्त्रीलाई उपहार स्वरूप दिन चाहन्छु: गौतम देव

सिलगढी : सिलगढी नगरनिगम चुनाउ आज शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएपछि वार्ड नम्बर 33-का तृणमूल प्रार्थी गौतम देवले भने, गत विधानसभा चुनाउमा मुख्यमन्त्री ममता ब्यानर्जीले जीत हासिल गरेर राज्यमा सत्तामा आए तापनि उत्तर बंगालमा हारको सामना गर्नुपरेको थियो। यसैले तिनी सिलगढीबाट खाली हात फर्किनुपरेको थियो भने यसपल्टको सिलगढी नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेसले विपुल मतले जितेर मुख्यमन्त्री ममतालाई सिलगढी नगरनिगम उपहारको रूपमा दिन चाहेको गौतम देवले बताए। तिनले अझ भने, सिलगढीका मानसिहरूले आज निकै उत्साहको साथमा शान्तिपूर्ण ढङ्गमा आफ्नो मतदान गरे। चुनाउमा आफ्नो जीत निश्चित रहेको तिनले दावी गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीको धेरै दिन अघिदेखिको सपना पुरा गर्न तृणमूलले सिलगढी नगरनिगम बोर्ड गठन गरेर मुख्यमन्त्रीलाई सुम्पिदिने इच्छा रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *