सिलगढी नगरनिगम चुनाउको अन्तिम सूची जारी

सिलगढी : सिलगढी नगरनिगम चुनाउको लागि वार्ड आरक्षणको दोस्रो एवम् फाइनल सूची आज राज्य चुनाउ आयोगले जारी गरेको छ। यस सूचीअनुसार वर्तमान बोर्डका चेयरम्यानलगायत केही मेयर पार्षदले अब पहिलाको वार्डबाट चुनाउ लड्न पाउने छैनन्। नयाँ तालिकाअनुसार वार्ड 28, 31, 34, 37, 43 र 46-मा अनुसूचित जाति (एससी)-का उम्मेदवारहरूको लागि आसन आरक्षित गरिएको छ भने वार्ड नम्बर 42-मा अनुसूचित जनजाति (एसटी)-का उम्मेद्वारको लागि आसन आरक्षित गरिएको छ। यसबाहेक वार्ड नम्बर 2, 5, 8, 11, 14, 17, 20, 23, 26, 30, 35, 39 र 44 महिलाहरूको लागि आरक्षित गरिएको जारी सूचीमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *