सिलगढी नगरनिगम चुनाउको लागि भाजपाको चुनाउ कमिटी गठन

सिलगढी : सिलगढी नगरनिगम चुनाउको मिति हालसम्म घोषणा नभए तापनि सबै राजनैतिक पार्टीले आ-आफ्नो तयारी शुरू गरेको छ। यसै क्रममा भाजपा राज्य कमिटीको तर्फबाट नगरनिगम चुनाउलाई केन्द्र गरेर सिलगढीको लागि चुनाउ कमिटी गठन गरेर आज यसको घोषणा गरियो। चुनाउ कमिटीमा सांसद तथा विधायकलाई मुख्य जिम्मेवारी दिएको छ भने उक्त कमिटीमा विश्वसनीय पुराना कार्यकर्ताहरूलाई सामेल गरिएको बताइएको छ। उक्त कमिटीमा भाजपाका राष्ट्रिय प्रवक्ता तथा सांसद राजु विष्ट र जलपाईगढीका सांसद डा. जयन्त रायलाई पर्यवेक्षक अनि सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवाल तथा मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मनलाई को-अर्डिनेटर चयन गरिएको छ। यसैगरी, सिलगढीका विधायक शंकर घोषलाई कमिटीको इन्चार्ज, अन्य चार जनालाई को-इन्चार्ज, सांगठनिक जिल्ला कमिटीका उपाध्यक्ष सुशील मित्तललाई इलेक्सन म्यानेजमेन्ट कमिटीको इन्चार्ज, अन्य चारजनालाई को-इन्चार्ज पदमा चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *