सिलगढी नगरनिगम चुनाउमा वाम-कङ्ग्रेसको गठबन्धनलाई लिएर शंका-उपशंका

सिलगढी : सिलगढी नगरनिगमको चुनाउ जित्नको लागि वामफ्रन्ट र कङ्ग्रेसले गठबन्धन गर्ने विषयलाई लिएर हालसम्म विभिन्न अड्कल लगाइरहेको छ। के सिलगढी नगरनिगम चुनाउ वाम र कङ्ग्रेस-ले एक्लै-एक्लै लड्नेछ? कङ्ग्रेसको उम्मेद्वारहरूको सूची आज जारी हुनेबित्तिकै राजनैतिक जानकारहरूले विभिन्न अडकल लगाउन थालेका छन्। सिलगढी नगरनिगमको केही वार्डहरूमा वामफ्रन्ट लगायत कङ्ग्रेसले आफ्नो प्रार्थीको सूची जारी गरिसकेको छ। तथापि, दुई दलमाझ आसनलाई लिएर सम्झौता भइसके तापनि उक्त सम्झौताअनुसार कार्यान्वित नभएको पार्टी सूत्रले जनाएको छ। वाम मोर्चाले सिलगढीको 42 वटा वार्डहरूमा आफ्नो प्रार्थीको नाम घोषणा गरेको छ भने आज कङ्ग्रेसले 15 वटा वार्डहरूमा प्रार्थीको नाम घोषणा गरेको छ। वामफ्रन्ट बाहेक कङ्ग्रेसले पनि 12 वटा वार्डहरूमा आफ्नो उम्मेद्वार खड़ा गरेको छ, जसमा 3, 5, 12, 14, 15, 22, 26, 33, 39, 40, 41, 42 वार्ड सामेल छन्। यसैबीच गठबन्धनलाई लिएर कङ्ग्रेस जिल्लाध्यक्ष शङ्कर मालाकारले हाल गठबन्धनलाई लिएर चर्चा भइरहेको बताए। तिनले बताएअनुसार कुनै पनि पार्टी आफ्नो अस्तित्व छोड़ेर गठबन्धनमा अघाडि बढ्न चाहँदैन। अझ 6 जनवरीसम्म गठबन्धनलाई लिएर समय रहेको छ। अर्कोतिर, वामफ्रन्ट नेता अशोक भट्टाचार्यले भने, गठबन्धनबारे दुईपल्ट चर्चा भइसकेको छ तर हालसम्म कुनै निष्कर्ष निस्केको छैन। तथापि, फेरि दुई दलमाझ बैठक गर्नेछौँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *