सिलगढी नगरनिगम चुनाउमा वामफ्रन्टलाई झट्का, अशोक भट्टाचार्य पराजित

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा वामफ्रन्टलाई ठुलो झट्का लागेको छ। सिलगढीको 6 नम्बर वार्डबाट वामफ्रन्टका शीर्ष नेता तथा प्रार्थी अशोक भट्टाचार्यले हारको सामना गर्न पर्‍यो। उक्त वार्डमा तृणमूल कङ्ग्रेसका प्रार्थी मोहम्मद आलम विजयी बनेका छन्। नगरनिगम चुनाउको मिति घोषणा भएपछि नै अशोक भट्टाचार्य आफूले चुनाउ जित्ने कुरामा विश्वस्त रहेका थिए भने त्यहीँ अनुसार तिनले चुनाउ प्रचार जोडतोडले गरेका थिए। चुनाउको परिणाम घोषणा भएपछि पत्रकारहरूसित कुराकानी गर्दै अशोक भट्टाचार्यले भने, आफू चुनाउ जित्ने कुरामा विश्वस्त रहे तापनि आजको चुनाउ परिणाम आफूले सोचे अनुरूप भएन। तिनले सबै विजयी प्रार्थीहरूलाई शुभकामना व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *