सिलगढी नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेसका प्रार्थीहरूलाई गोजमुमो-ले समर्थन गर्नेछ : रोशन गिरी

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेसको 47 वटै वार्डका प्रार्थीहरूलाई गोर्खा जनमुक्ति मोर्चाले पूर्ण  समर्थन दिइने घोषणा गर्यो। आज सिलगढीको डागापुरस्थित गोर्खा जनमुक्ति मोर्चाको पार्टी कार्यालयमा गोजमुमो महासचिव रोशन गिरीले पत्रकारहरूसित कुराकानी गर्दै उक्त घोषणा गरेका हुन्। रोशन गिरीले बताएअनुसार तृणमूल कङ्ग्रेससित गोजमुमो-को गठबन्धन रहेकोले यसपल्टको नगरनिगम चुनाउमा गोजमुमोले आफ्नो उम्मेद्वार खड़ा गरेको छैन। गोजमुमोले तृणमूल कङ्ग्रेसको सबै प्रार्थीहरूलाई आफ्नो समर्थन दिँदै चुनाउ प्रचार गर्ने तिनले बताए। तृणमूल पार्टीका शीर्ष नेताहरूको तर्फबाट चुनाउ प्रचारको लागि बोलाइएकोले गर्दा गोजमुमोले तृणमूल कङ्ग्रेसका उम्मेद्वारहरूको समर्थनमा चुनाउ प्रचार गर्न तयार रहेको तिनले बताए। तिनले अझ भने, भाजपाले धेरै समय अघिदेखि दार्जिलिङ पहाडका मानिसहरूलाई ढाट्ने, छल्ने गरेकोले गर्दा गोजमुमोले  राज्यकी मुख्यमन्त्रीमाथि विश्वास राखेर तृणमूल पार्टीसित गठबन्धन गर्ने निर्णय लिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *