सिलगढी नगरनिगम चुनाउ: तृणमूल प्रार्थी प्रतुल चक्रवर्तीद्वारा 24 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढीको 24 नम्बर वार्डका प्रार्थीहरूमाझ नगरनिगम चुनाउमा कठोर प्रतिस्पर्धा हुने भएको छ। सिलगढीको 24 नम्बर वार्डबाट टिकट नपाएपछि विकास सरकारले तृणमूल छोडेर निर्दलीय प्रार्थीको रूपमा नगरनिगम चुनाउ लड्ने भएका छन्। यसै वार्डका भाजपा प्रार्थीको रूपमा विधायक शङ्कर घोष चुनाउ मैदानमा ओर्लिएका छन् भने उक्त वार्डबाट सीपीआईएम प्रार्थीले पनि नगरनिगम चुनाउ लड्नेछन्। सबै राजनैतिक पार्टीका प्रार्थीहरूले उक्त वार्डमा युद्ध स्तरमा चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा तृणमूल प्रार्थी प्रतुल चक्रवर्तीले आफ्नो शक्ति प्रदर्शन गर्दै आज बिहानैदेखि वार्डको घर-घरमा गएर चुनाउ प्रचार गरिरहेका छन्। गत नगरनिगम चुनाउमा तिनी केही मतको अन्तरले पराजित भएका थिए। तथापि यसपल्टको चुनाउमा आफ्नो जीत निश्चित रहेको तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *