सिलगढी नगरनिगम चुनाउ:  तृणमूल प्रार्थी गौतम देवद्वारा चुनाउ प्रचार

सिलगढी:  आगामी 22 जनवरीमा सिलगढी नगरनिगम चुनाउ रहेकोले सबै राजनैतिक पार्टीहरूले आ-आफ्नो प्रार्थीको समर्थनमा जोडतोडले चुनाउ प्रचार गरिरहेको छ। यसै क्रममा सिलगढीको 33 नम्बर वार्डका तृणमूल प्रार्थी गौतम देवले आज बिहान 8 बजीदेखि वार्डको विभिन्न इलकामा गएर चुनाउ प्रचार गर्दै स्थानीय मानिसहरूसित कुराकानी गरे। तिनले आज लेकटाउन, गेट बजार, पाइप लाइन संलग्न इलाकामा चुनाउ प्रचार गरे। सिलगढीको 33 नम्बर वार्ड बाहेक तिनले तृणमूल प्रार्थीको समर्थनमा अन्य वार्डहरूमा चुनाउ प्रचार गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.