सिलगढी नगरनिगम चुनाउ : तृणमूल कङ्ग्रेसका 47 जना प्रार्थीहरूले बुझाए मनोनयन पत्र

सिलगढी : तृणमूल कङ्ग्रेसको 47 जना प्रार्थीले आज मनोनयन पत्र बुझाए। आज बिहान 10 बजीपछि तृणमूल कङ्ग्रेसका प्रार्थीहरूले एकपछि अर्को गर्दै महकुमाशासक कार्यालयमा पुगेर मनोनयन पत्र बुझाए। यसैगरी, तृणमूल प्रार्थी गौतम देवले पनि आज नवग्राम मन्दिरमा पुजा अर्चना गरेपछि यहाँबाट सोझै महकुमाशासक कार्यालयमा गएर मनोनयन पत्र बुझाए। यसबाहेक आज अपरान्ह 3 बजीसम्म सिलगढीको विभिन्न वार्डका तृणमूल प्रार्थीहरूले आफ्नो मनोनयन पत्र बुझाए। मनोनयन पत्र बुझाउने आज अन्तिम दिन थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *