सिलगढी नगरनिगमद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालन

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट आज यहाँको बाघाजतीन पार्कमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालन गरियो। सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यलगायत अन्य शीर्ष व्यक्तिहरूले आज शहीद मिनारमा फुल माला चढाएर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा मेयर अशोक भट्टाचार्य, मेयर परिषद शंकर घोष, मुख्य अतिथिका रूपमा बङ्ग्लादेशका पञ्चगड़ जिल्ला परिषदका चेयरम्यानन मोहम्मद सदात सम्राटलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। सिलगढी नगरनिगमको तर्फबाट आज बङ्ग्लादेशबाट आएका प्रतिनिधिहरूलाई सम्मान जनाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *