सिलगढी नगरनिगमद्वारा सफाई कर्मीहरूलाई सम्मान

सिलगढी : सिलगढी नगरनिगमले 6 नम्बर वार्डमा एउटा कार्यक्रमको माध्यमद्वारा आज सफाई कर्मीहरूलाई सम्मान जनाइयो। हाल कोरोना महामारीको समयमा सफाई कर्मीहरूले आफ्नो ज्यान जोखिमा हालेर मानिसहरूलाई सेवा प्रदान गरिरहेको छ। यसैले आज 6 नम्बर वार्डमा नगरनिगममा कार्यरत सबै सफाई कर्मीहरूलाई नयाँ लुगाफाटा प्रदान गर्दै तिनीहरूलाई सम्मान जनाइयो। यस अवसरमा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान अशोक भट्टाचार्य उपस्थित थिए। तिनले बताएअनुसार कोरोना महामारीको समयमा यी सफाई कर्मीहरूले आफ्नो ज्यान जोखिममा हालेर सहरवासीलाई निरन्तर सेवा प्रदान गरिरहेकोले गर्दा तिनीहरूप्रति आभार प्रकट गर्ने उद्देश्य लिएर आज एउटा कार्यक्रमको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *