सिलगढी नगरनिगमद्वारा आजदेखि द्वारे भ्याक्सिन शुरू

सिलगढी : वयस्क तथा दिव्याङ्गहरूलाई स्वास्थ्य केन्द्र तथा अस्पतालमा गएर कोरोनाको भ्याक्सिन लगाउन धेरै असुविधा हुने गरेकोले तिनीहरूको सुविधाको लागि सिलगढी नगरनिगमको तर्फबाट आजदेखि द्वारे भ्याक्सिन कार्यक्रम शुरू भएको छ। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज हरियो झण्डा देखाएपछि द्वारे भ्याक्सिन कार्यक्रमको आधिकारिक रूपमा शुरूवात गरियो।  एउटा वाहनको सहयोगमा वयस्क, रोगी तथा दिव्याङ्गहरूलाई तिनीहरूको घर-घरमै पुगेर कोरोनाको भ्याक्सिन लगाइनेछ। यस अवसरमा गौतम देवले भने, सिलगढी सहरका केही मानिसहरूले अझसम्म कोरोनाको टीका लगाएका छैनन् भने कतिपय मानिसहरूले पहिलो खोप लगाए तापनि दोस्रो खोप अझसम्म लगाएका छैनन्। वयस्क, रोगी तथा दिव्याङ्गहरूलाई स्वास्थ्य कर्मीहरूको सहयोगमा चिन्हित गरेपछि तिनीहरूको घर-घर पुगेर कोरोनाको भ्याक्सिन लगाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *